प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार ……‘इन्फ्लु एन्जा ए एच१एन१’ रिपोट नेगेटिभ

1613

सकुशल स्वास्थ्य खवर ….
काठमाडौं १२ कात्र्तिक । छातीमा संक्रमण र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ ।

उहाँलाई स्वाइन फ्लु भनेर चिनिने ‘इन्फ्लु एन्जा ए एच१एन१’ भएको आशंमा बालुवाटारबाटै प्रधानमन्त्री ओलीको ‘थ्रोट स्वाव निकाली परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थिए । तर परीक्षणमा एच१एन१ नेगेटिभ देखिएको प्रयोगशाला स्रोतले बतायो ।

उनकी निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ। ‘उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,’ । डा शाहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ। ‘त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्। प्रधानमन्त्री ओलीको छातीमा निमोनिया भएर पानी जमेको अवस्था भने नरहेको उनले जानकारी दिइन्।

दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरुले अनुमान गरेका छन्।

प्रधानमन्त्री ओलीको उपचारमा सम्लग्न बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले मुख्य समस्या छातीको इन्फेक्सन नै भएको बताए । उनले अहिले सुईवाट एन्टीबायोटिक चलाएको र सुधार भइरहेको जानकारी दिए । ‘अस्ती सम्म भाइरल ज्वरो देखिएको थियो । शनिबार नै हामीले यहि ल्याएर एक्सरे समेत गर्यौँ । केही एन्टीबायोटिक शुरु पनि गरेका थियौँ । तर बालुवाटारमै बसेर आराम गर्ने भन्ने कुरा गर्नु भयो हिजो मध्यान्न सम्म त सुधार देखिएको थियो । तर क्याविनेट र अरु धपेडिले पनि हुनसक्छ राती समस्या बढ्यो । विहान फेरी यहाँ ल्याइयो,’ डा. सायमीले भने ।

पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा शिक्षण अस्पतालमा पुगे


मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको भिआईपी सिसियु कक्षमा राखिएका प्रधानमन्त्रीको उपचार टिममा अहिले डा. सिंहको नेतृत्वमा डा. शर्मा, डा. सायमी, डा. शन्तकुमार दास, डा. सुवास आचार्य सहितको टोली खटिएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुगेका थिए । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।