प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश …. चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुने

1239

सकुशल स्वास्थ्य खवर ….


काठमाडौं– हाल उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक रुपमा सुधार भईरहेको छ । छातीमा सक्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलई सोमबार विहान मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने अस्पतालबाटै एक सन्देश जारी गर्नुहुदैं यस्तो सन्देश दिनुभएको हो ।
“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रियहुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “विगतमाझैं समग्र देशवासीदिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भावनिरन्तर रहनेमा म विश्वस्त छु । ”

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”
प्रधानमन्त्री ओलीको सन्देश