अस्पतालबाट प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किए ।

1179

सकुशल स्वास्थ्य खबर…
१६ कात्तिक, काठमाडौं । काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भई प्रधानमन्त्री निवासमा फर्किएका छन्। कार्तिक १२ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीलाई छातीको सङ्क्रमण, ज्वरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो। उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा सन्तकुमार दास सम्मिलित छन्

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो ।

प्रधानमन्त्रीओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।