व्लडमा मूल्य बृद्धि…प्रति युनिट १०० रुपैयाँ थप

898

सकुशल स्वास्थ्य खवर ….
काठमाडौँ, १७ कात्तिक । ब्लड बैंकले गत १५ कात्तिकमा जारी सूचना गरी प्रति युनिट १०० रुपैया महंगो बनाएको छ । सो सुचनामा रक्तसंकलनमा रिफ्रेसमेन्ट र अन्य खर्च व्यवस्थापन गर्न प्रति युनिट १०० रुपैयाँ थप लिने निर्णय भएको उल्लेख छ । सो सूचनामा व्लड बैंकको नियामक निकाय व्युरोको निर्णय अनुसार भनिएको छ । मूल्य बृद्धिपछि दानबाट संकलित रगतका लागि विरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ६२५ रुपैयाँ र निजी अस्पतालका लागि भए ७७५ रुपैयाँ तिर्नुपर्छ ।
ब्लड बैंकले नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार व्युरोको निर्णय अनुसार भन्दै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्यबृद्धि गरेको छ । तर व्युरोले भने रेडक्रसको दावी झुटो भन्दै पुष्टी गर्न चुनौती दिएको छ । व्युरो प्रमुख डा. हरिषचन्द्र उप्रेतीले मूल्य बढाउने विषयमा कुनै निर्णय नभएको र व्युरोको नाम जोडेर केन्द्रका पदाधिकारीहरुले बदमासी गरेको बताए ।
यसअघि व्लड बैंकले विभिन्न शीर्षकमा गरी प्रति युनिट सरकारी अस्पतालका बिरामीलाई ५२५ रुपैयाँ र निजी अस्पतालका बिरामीलाई ६७५ रुपैयाँ लिने गर्दथ्यो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, व्लड डोनर्स एसोसिएसन नेपाल र रेडक्रस तथा व्लड बैंकका पदाधिकारीहरुले यसको विरोघ गर्दै निशुल्क गर्नुपर्ने तर रगतमा मूल्य बढाएर रेडक्रसले गल्ती गरेको भन्दै तत्काल सच्याउनु भनेर ध्यान केन्द्रीत गराएका छन् ।