चिकित्सा शिक्षा विधेयक माथी छलफल

997

सकुशल स्वास्थ्य खबर… 

काठमाडौं, ९ पुस । डा गोविन्द केसीसँग भएका सहमतिलाई प्रमुख आधार मानेर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा चिकित्सा शिक्षा विधेयकमा अन्तिम छलफल चलिरहेको छ ।

विधेयकमा हाल सञ्चालनमा रहेका मेडिकल कलेजलाई क्रमश गैरनाफामुलक बनाउँदै लैजाने र नयाँ खुल्ने मेडिकल कलेज पनि गैरनाफामुलक हुनुपर्ने व्यवस्था राख्ने सहमति भएको छ।

उपसमितिले प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनमा दफा १८ मा मेडिकल कलेजहरु गैरनाफामुलक हुने व्यवस्था थपिने भएको छ।

छलफलमा सिटिइभिटीसँग सम्बन्धित विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ँग सम्बन्धित विषयमा प्रतिपक्ष दलसँग छलफल गर्नुपर्ने भएकाले छलफल गरेर टुंगो लगाउने बताए।

छलफलमा सांसद योगेश भट्टराईले सरकारले गरेको सम्झौता र त्यही आधारमा परेका संशोधनभन्दा बाहिर गएर प्रतिवेदन बनाउन नहुने बताए। उनले माथेमा प्रतिवेदनको भावनाभित्रै रहेर उपत्यकाबाहिर कलेज खोल्ने कुरालाई नरोक्ने गरी प्रदेश विश्वविद्यालयको विषय थप्नुपर्ने विचार पनि राखेका थिए।

काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुने, एउटा विश्वविद्यालयले पाँच भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, आशय प्राप्त गरी पूर्वाधार पुरा गरेका शिक्षण संस्थाको हकमा ती संस्थाले सरकारलाई सम्पत्ती हस्तान्तरण गर्न चाहेमा सरकराले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने र यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्त्रण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविध उपलब्ध गराउने विषय राख्ने सहमति भएको छ।