सडक महोत्सवमा स्वास्थ्य परीक्षण

882

सकुशल स्वास्थ्य खबर… पोखरा, १४ पुस । रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा आयोजित सडक महोत्सवमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम समेत समावेश गरिएको छ ।

महोत्वसमा स्थानीय युवा जनस्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत क्षमतालाई सदुपयोग र परिचालन गर्दै निशुल्क रुपमा स्वास्थ्य शिक्षा प्रवर्द्धन, प्राथमिक उपचार, परामर्श तथा अन्य जनचेतनामुलक स्वास्थ्यका गतिविधि समावेश गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य प्रवर्धन, शिक्षा, प्राथमिक उपचार, जनस्वास्थ्य फोटो प्रतियोगिता, स्वास्थ्य संचार भिडियो तथा डकुमेण्ट्री प्रदर्शनी, रक्तचाप परिक्षण, बीएमआई क्याल्कुलेसन, परामर्श सेवा, पोस्टर प्याम्प्लेट तथा व्रोसर वितरण र निशुल्क दन्त परिक्षण सेवा समेत थप गरिएको छ ।