सकुशल स्वास्थ्य खबर… काठमाडौं, १९ पुस । वीर अस्पतालमा अत्याधुनिक ‘मिनी आइसियु’सहितको एम्बुलेन्स तीन वटा एम्बुलेन्स ल्याइएको छ। ए श्रेणीको एम्बुलेन्स खासगरी मुटुका रोगी, दुर्घटनामा परेका र गम्भिर जोखिममा रहेका बिरामीहरूका लागि आवश्यक हुन्छ ।
अस्पतालले एक करोड २० लाखमा तीनवटा एम्बुलेन्स खरिद गरेर ल्याएको हो। यसअघि अस्पतालमा अन्य तीनवटा सामान्य एम्बुलेन्स थिए।
एम्बुलेन्समा औषधी र उपकरणसहित एड्भान्स लाइफ सर्पोटका लागि ईसीजी, कार्डियाक मोनिटर, डेफिब्रिलेटर, इन्क्युवेसन साधन, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन सुविधा, क्याथटेरीजेसन सेट, लेन्ज्थ (वाईड वेज्ड चेस्ट फर पेडियाट्रिक), पल्स अक्स मिटर, रेडियो कम्युनिकेसन सिस्टम, नेबुलाइजर, अस्किजन, फ्लो मिटर, स्पाइन सपोर्ट, फ्यक्चर स्प्लिन्ट लगायतको सुविधा हुन्छ।
एम्बुलेन्सभित्र आइसियु र शल्यक्रिया कक्षमा हुने धेरै सुविधा छ। ‘मिनि आइसियु र आटी क्षमता भएको एम्बुलेन्स भन्दा फरक पर्दैन,’ अस्पतालका निमित्त निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । ‘आकस्मिक अवस्थामा रहेका धेरै बिरामी अस्पताल ल्याउने क्रममा नै मृत्यु हुने गरेको छ। यो एम्बुलेन्सले त्यस्तो मृत्यु र बिरामीको जोखिमलाई कम गर्न मद्धत गर्छ।’
यस्तो एम्बुलेन्समा अत्यावश्यक उपकरण र औषधी मात्रै नभई चिकित्सक वा तालिमप्राप्त स्वास्थ्य कमी पनि उपलब्ध हुनुपर्ने छ ।