वीर अस्पतालमा नयाँ सिटी स्क्यान सुरु तीनगुणा सस्तो

1005

सकुशल स्वास्थ्य खबर….. 

काठमाडौं, २१ पुस । वीर अस्पतालमा सिटी स्क्यान सुरु निजीमा भन्दा तीनगुणा सस्तो हुने भएको छ । १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन जडान भएलगत्तै बुधबारदेखि बिरामीलाई सेवा दिन समेत सुरु गरिएको छ।

सिटी स्क्यान मेसिन अस्पतालले ८ करोड ८४ लाखमा ल्याएको हो। यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन थियो।

रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्माका अनुसार नयाँ सिटी स्क्यान मेसिनको सेवा शुल्क समेत निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहेको छ। अस्पतालले शरिरको अंगको स्क्यानका आधारमा २ देखि ४ हजारसम्म शुल्क लिने छ।

सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। विषेशगरि मतिष्कघात, मतिष्कभित्रका चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा यो मेसिन उपयोगी हुन्छ।