हिटरले ज्यानै लिन सक्छ…..

1036

सकुशल स्वास्थ्य खबर…

कठमाडौं, २१ पुस । मंसिर, पुस र माघ महिना चाडोको मौसमा सवै भन्दा प्यारो न्यानो कपडा र न्यानो आगोको रापको छुटै महत्व रहेको हुन्छ । गाँउघरमा दाउरा र पराल जस्ता वस्तुको प्रयोग गरी आगो ताप्ने गर्दछ भने शहर तिर हिटरलाई आगोको बैकल्पिक रुपमा प्रयोग गर्ने गर्दछ ।
चिसोको मौसममा शहरमा अत्याधिक रुपमा हिटरको प्रयोग भइरहदा हिटरको कारण ज्यान गुमाएको समाचारहरु आइरहेको छ । त्यसकारण हिटर प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने हुनुपर्छ ।

१. हिटर बालेर कोठा बन्द नर्गनु होला । हिटरवाट निस्केको कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

२. हिटर जलाएर सुत्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ त्यसकारण हिटर बालेर कहिल्यै निदाउने गर्नु हुदैन
३ दम, मुटु, लगायत दीर्घकालिन समस्या भएका व्यक्तिले हिटरको प्रयोग गर्नु हुँदैन । यसका लागि कोठामा ताता पानी राख्न सकिन्छ ।
४. हिटरमा धेरै बेर बस्दा छालामा एलर्जी हुने, सुख्खा हुन, रातो दाग बस्ने, आँखालाई पनि सुख्खा बनाउने, पोल्ने, चिलाउने जस्ता समस्या पनि हुन्छ ।

हिटरको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरु

१. हिटरको प्रयोग गर्दा छिटो जल्ने कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
२. बच्चाले नभेट्ने, कडा सतहको किनारमा हिटरलाई राख्नु पर्दछ । मानिसको आवजजावत गर्ने स्थानमा राख्नुहुर्दैन ।
३. हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ ।
४. हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।
५. हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।
६. हिटरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ ।
७. हिटरमा बस्दा छालामा मोइस्चराइजरको प्रयोग गरिरहनु पर्दछ ।