छोरी जन्मे २५ हजार प्रोत्साहन भत्ता

1043

सकुशल स्वास्थ्य खवर ….. 

विराटनगर, २४ पुस । बिराटनगर महानगरपालिकाले ‘छोरी बचाऊ र पढाऊ’ अभियान अन्तर्गत आमा संरक्षक रहने गरी बच्चाको नाममा २५ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ ।

मेयर भीम पराजुलीले पहिलो बर्ष ३ हजार दिएर कार्यक्रम शुरु गरिएकोमा दोश्रो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउने आमालाई २५ हजार छोरी वालिग नहुँदासम्म कसैले झिक्न नमिल्ने गरी बैंकमा जम्मा गरिएको बताए ।
उपप्रमुख उपमेयर इन्दिरा कार्कीले चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए ।
रकम पाउन गर्भवतीको उमेर २० बर्ष नाघेको हुनुपर्ने र उनीहरुले कम्तीमा ४ पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्ने व्यवस्था छ ।