पुरुष वा महिला किन हुन्छन बाझोपन

1639

सकुशल स्वास्थ्य खवर ….. 

पौष,२९ काठमाडौं । नियमित रुपमा असुरक्षित यौन सम्पर्क गर्दा पनि गर्भ रहँदैन भने त्यस अवस्थाले बाँझोपनको अर्थ राख्छ । गर्भ राख्नका लागी जैविक रुपमा नै प्रजनन उमेरको कोही व्याक्ति असक्षम छ वा कोही महिकला पुर्ण समय गर्भराख्न असफल हुन्छ भने पनि बाँझोपन भएको भन्न सकिन्छ ।

विश्वका बैयौं देशमा कुनै दम्पतीले १२ महिना गर्भनिरोधबिना नियमित यौन सम्र्पक गर्दा पनि गर्भ रहने भने त्यसलाई बाँझोपनका रुपमा परिभाषित गरिएको छ । अनुसन्धानहरुबाट स्पष्ट पारिए अनुसार बाँझोपनमा पति र पत्नी उतिकै जिम्मेवार हुन्छ । अर्कोतिर अमेरिकाको मेयो क्लिनिकले भनेको छ– बाँझोपनमा करिब २० प्रतिकशतमा पुरुष दोषी हुन्छ ।

यसैगरी ४० देखि ५० प्रतिशत महिलासँग मात्र सम्बन्धित हुने र ३० देखि ४० प्रतिशत पुरुष र महिलादुवै दोषी पाइएका छन् तर बाँझोपनको धेरैजसो मामिलामा उपचार सम्भव छ । यस्तै बाँझोपनमा दम्पतिमध्ये धेरैजसो घटना कुनै एक जनासँग मात्र सम्बन्धित हुन्छ ।

युरोप अमेरिका र विश्वका अन्य धेरै स्थानमा ८० प्रतिशत दम्पति गर्भनिरोधक प्रयो नगरेका एक वर्षभित्र गर्भ राख्न सफल हुन्छन् ।
                          बाँझोपनका जोखिम पक्ष
१.उमेर
महिला ३२ पर्ष पुगे पछि उसमा प्रजनन क्षमता क्रमशः कम हुँदै जान्छ । अर्कोतिर २० वर्षको पुरुषभन्दा ५० वर्षको पुरुषमा प्रजनन क्षमता कमजोर हुन्छ। म्ुाख्य गरी ४० वर्षपछि पुरुष यस क्रममा कमजोर हुँदै जान्छन् ।
२. धूमपान
पुरुष र महिकला धुमपानले बाँझोवनको जोखिम बढाउँछ तर बाँझोपनको उपचारको क्रममा धुमपानलाई बेवास्ता गरिन्छ । यतिसम्म कि गर्भवतीले धुमपान गरे गर्भ तुहिने सम्भावना बढ्छ ।
३.मधपान
कुनै पनि मात्रामा अल्कोहल उपभोग गर्ने महिला गर्भवाती हुने सम्भावना कम हुन्छ। पुरुष लाई पनि यसले काजोर पार्छ ।
४. मोटोपन : विकसित देशहरुमा मोटोपना र आधुनीक जिवनशैली बाँझोपनको कारण मानिएको छ । मोटेको शुक्रणु गुणस्तर्रीय नहुर्ने पाइएको छ ।
५. खानाको समस्या : खाना नपच्ने र नरुचाउने कहिला दुब्ली हुने र त्यसले गर्भ रहने सम्भावना कम हुन्छ । यसैगरी शाकाहारी कहिकलामा फोलिक एसिड ,जिंक र भिटामिन बी– १२ को कमीले प्रजनन क्षमतामा पर्नसक्छ ।
६. कडा परिश्रम वा व्यायाम : कडा व्यायाम गर्ने महिलामा अण्ड उत्पादन कमहुने सम्भावना हन्छ । यसैगरी , निष्क्रिय। जिपन जिउने पुरष र महिला पनि जोखिममा हुन्छन् ।
७. यौन रोग : यौन रोगले पुरुष र महिलाको यौन क्षमतामा प्रभाव पार्दछ ।
८. रसायन प्रभाव : केहि किटनाशकक, गकककहौं धातु र रसायनले पुरुष र महिलामा बाँझोपन उत्पन्न गर्नसक्छ ।
९. मानसिक तनाव : विभिन्न अनुसन्धानबाट महिलामा अण्डको र पुरुषमा शुक्राणु उत्पादनमा मानसिक तनावले असर गर्दछ । दम्पतिमा एक जना मात्र मानसिक तनावमा भएमा नियमित यौन सम्र्पक पनि हुँदैन ।
                        बाँझोपनका कारण( महिला )


१०. अण्ड उत्पादनमा समस्या :  अण्ड उत्पादनमा आएको समस्या नै महिलामा बाँझोपानको प्रमुख कारण हुन्छ । केही महिलामा त अण्ड उत्पादन नै हुँदेन । मासिक स्रावपछि प्रजनन समयमा अण्ड उत्पादन नभएर पनि महिलाले निःसन्तान नभएर रहनुपर्ने हुन्छ । महिला ४० वर्ष पुग्दा डिम्बाशयले अण्ड उत्पादनगर्न थाल्छ । महिलाको डिम्बाशयले असामान्य रुपामा काम गर्न थालेमा अण्ड उत्पादन प्रभावित हुन्छ । यसैगरी प्रजनन उमेरका केहि महिलाहरु हर्मोन एन्डो«जिनको मात्र धेरै भएरपनि समस्या आउँछ । अण्डका गुणस्तर का हुनाले समेत प्रजननमा समस्या आइपर्छ ।अन्य समस्यामा थायराइड ग्रन्थी बढी वा सक्रिय हुनु, एड्स क्यान्सर पर्छन । सेल जर्नलमा जनाइए अनुसार स्वस्थ अण्ड यत्पादन हुने प्रक्रियामा प्रभाव पार्ने जिन पनि हुन्छ । पनि हुन्छ । एडिनबर्ग विश्वविधालयका वैज्ञानिकले सो जिन खोजेका हुन् ।
११. पाठेघर र डिम्बबाहिनी नलीमा समस्या
डिम्बाशयबाट अण्ड पठेघरका पुग्छ । जहाँ निषेचित अण्ड विकास हुन थाल्छ । पाठेघर वा डिम्बबाहिनि नलीमा समस्या भएमा गर्भ रहन सक्दैन । तल्लो पेटको शल्याक्रिया गरिएको भए पाठेघर र डिम्बबाहिनी नली जोड्ने काम गर्छ । प्रजनन परेका करिब ४० प्रतिशत कहिलको पाठेघरको भित्तामा क्यान्सरको गुण नभएका ट्युमर पलाएको पाइएको छ । यस समस्याले पाठेघरमा निषेचित अण्ड प्रत्यारोपित हुनमा समस्या आउँछ । डिम्बबाहिनी नलीलाई पन अवरुद्ध गर्नसक्ने भएकाले अण्ड र शुक्रणुको मिलन हुन पाउँदैन । धेरै सङ्ख्यामा यस्ता ट्युमर भएमा पाठेघरको आकार बढेर शुक्रणुले यात्रा गर्नुपर्ने दूरी बढ्ने भएकाले अण्ड निषेचित हुँदैन । यसैगरी इन्डोमेट्रियोसिसले गर्द पनि बाँझोपन आउँछ । पाठेघरभित्रका केहि कोष बाहिर विकासित भएको अवस्थाले मासिक स्रावका बेला धेरै पीडा उत्पन्न गर्ने र अन्य बेला पनि तल्लो पेटमा समस्या यत्पन्न भइरहने गर्छ । यसलाई इन्डोमेट्रियोसिस भनिन्छ । यस्तै, पहिले शल्याक्रिया गराएर डिम्बबाहिनि नली बन्द गराएका महिलामा डिक्बबाहिकनि नली पुनः खोल्न सकिन्छ तर पुन गर्भवती हुने सम्भावना भने धेरै कम हुन्छ ।
१२. विभिन्न औषधि
नदुख्ने औषधि धेरै समय खाएका कोमोचेरापी गराएका ,रेडियोथेरापी गराएका, तथा लागुऔषध खाने महिला गर्भवती हुने सम्भावन कम हुन्छ ।
                         बाँझोपनको कारण (पुरुष )


वीर्या : वीर्यमा शुक्राणु तैरिरहेका हुन्छन् । यो द्रव प्रोस्टेट ग्रन्थीलगायतका अन्य यौन ग्रन्थीबाट आउँछ । शुक्राणु चाँहि अण्डकोषमा उत्पादन हुने गर्छ । चरमोत्कर्षका बेला वीर्य निष्काशन हुन्छ र त्यसँगै शुक्राणु पनि महिलाको शरीरमा पुग्छन् । वीर्यमा चिनी हुन्छ र यो शुक्राणुको ऊर्जाको स्रोत हो । पुरुषमा बाँझोवन हुनुमा असामान्य शुक्रणुको भूमीका ७५ प्रतिशत पाइएको छ । प्रतिमिलिमिटर वीर्यमा शुक्राणुको सङ्ख्या दुई करोड हुनु पर्नेमा त्यसभन्दा कम भएमा गर्भ रहने सम्भावना कम हुन्छ । एक करोडभन्द्या कम शुक्रणु भएमा शुक्रणु कम भएको मानिन्छ । कतिपय पुरुषको निष्कासित वीर्यमा शुक्रणु नहुन सक्छ । यसैगरी नसक्दा समस्या आउँछ । शुक्राणुको असामान्य आकार पनि बाँझोपनको दोषी हुन्छ । अण्डकोषमा सङ्क्रमण, अण्डकोषको क्यान्सर, अण्डकोषको क्यान्सर, अण्डकोषको शल्यक्रिया अण्डकोषको बारम्बार धेरै तातेमा वा तातो वातावरणमा रहेमा पनि शुक्राणुको समस्या आइपर्छ । तातोपानीमा नुहाउने, चुस्त पाइन्ट वा कट्टु लगाउने, तातोपानीको टबमा बस्ने गरेमा अण्डकोष कमजोर परेर शुक्राणु उतपादन प्रभावित हुन्छ । त्यसैले अण्डकोषलाई अलि चिसै राख्नु पर्छ । कुनै अवस्थामा रक्तनलीका कारण शुक्राणु बढी तातेर पनि काम नलाग्ने हुन्छ । कुनै पुरुषमा वीर्य स्खलन राम्रो सँग नहुने समस्याले समेत बाझोपन आउँछ । जन्मता एक अण्डकोष बाहिर र अर्को शरीरभित्रै रहेको अवस्थामा पनि पर्याप्त मात्रामा शुक्राणु उत्पादन नहुने हुन्छ । शरीरभित्रको अण्डकोषको शुक्राणु उत्पादन क्षमतामा तापको प्रभाव पर्दछ । हर्मोनको कुरा गर्दा टेस्टोस्टेरोनको कमी भएमा अण्डकोष्मा समस्या उत्पन्न हुन्छ । पुरुषमा सामान्यतया हुनुपर्ने एउटा एक्स र एउटा वाई क्रोमोजोमको विपरीत दुईटा एक्स र वाई क्रोमोजोम भएमा अण्डकोष असामान्य विकसित हुन्छ, टेस्टोस्टेरोन र शुक्राणु कम हुने गर्छ ।
 हाँडे
भाइरसको संक्राणले हुने यो रोग प्राय वालवालीका लाई लाग्दछ तर यौवनारम्भ भईसकेपछि हाँडे भएमा त्यसले अण्डकोषमा असर पारेर शुक्राणु उत्पादन प्रभावित गर्छ ।
रेडियोथेरापी
विकिरणले शुक्राणु उत्पादन र त्यसको गुणस्तरमा गहिरो प्रभाव पार्दछ । यसैगरी, रक्तअल्पता, मधुमेह, थाईराइडको समस्याले समेत पुरुषको प्रजनन क्षमतामा ह्रास हुन्छ ।
औषधीहरु
एनाबोलिक एस्टेरोइड, केमोथेरापी, लागूऔषध,शुक्राणु उत्पादन प्रभावित हुन्छ । शारीरिक सुगठनमा लागेका र खेलाडीहरुले एस्टोरोइड प्रयोग गर्ने देखिएको छ ।
                      विशेषज्ञको सुझाव
बाँझोपन भएका दम्पतीलाई सन्तानको रहर पूरा गर्न गर्भनिरोधक बिना नियमित सहवास गर्न विशेसज्ञले सुझाव दिएका छन । हप्तामा कम्तीमा दुई वा तीन पटक सम्बन्ध राखेमा प्रजनन क्षमता बृद्धि हुने भनाई छ । महिलाको शरीरभित्र शुक्राणु ७२ घण्टासम्म जीवित रहनसक्छ भने अण्डले उत्पादन भएको २४ घण्टाभित्र निषेचित भइसक्नु पर्दछ । एजेन्सी