गैरसरकारी चिकित्सक संघको आपत्ती

318

सकुशल स्वास्थ्य खबर… 

माघ, १ काठमाडौं । सरकार र सरकारी चिकित्सा संघबीच ८ बुँदे सहमतिमा गैरसरकारी चिकित्सक संघको आपत्ती जनाएको छ ।
सहमती भएका दुई बुँदामा विरोध गर्दै स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको गैरसकारी चिकित्सकले यस्तो आरोप लगाएका हुन्।

संघको बुदाँ न ४ र ६ मा आपत्ति जनाएका छन् । बुँदा नम्बर ४ मा ’एउटै छाता ऐन ल्याइ स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानहरुले संचालन गरेका सम्पूर्ण अस्पतालहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारी मध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था अगाडि बढाउने’ विषय रहेको छ।
यस्तै बुँदा नम्बर ६ मा ’स्वास्थ्य सेवा तर्फको ११ औं तहमा खुला प्रतियोगिताबाट पदपुर्ति गर्ने व्यवस्था हटाउने’ विषय छ।

गैरसरकारी चिकित्सक संघका महासचिव डा रितेश थापाद्वारा जारी विज्ञप्तिमा ८० प्रतिशत डाक्टरहरुको विचार र आवाजलाई निषेध गर्न खाजिएको खण्डमा संघले कडा कदम चाल्ने चेतावनी दिएको छ।
संघले ती दुई बुँदा तत्काल सच्याउन समेत माग गरेको छ। यसका लागि आक्समिक बैठक समेत डाकेको छ डा थापाले जानकारी दिए।

जारी विज्ञप्ति