मिर्गौला रोगीलाई निशुल्क डायलाइसिस

1246

सकुशल स्वास्थ्य खवर …..माघ–७ काठमाडौं । मुलुकभर ४५ सय भन्दा बढी मिर्गौला रोगीले निशुल्क डायलासिस सेवा लिएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ४५ सयले हेमोडायलाइसिस सेवा निुल्क लिइरहेका भने १९८ जनाले पेरिटोनियल डायलाइसिस (पिडी) गरिरहेका छन् ।

प्रदेश ३ मा २९ सय ७० ले हेमोडायलाइसिस सेवा लिइरहेका छन् भने, पेरिटोनियल डायलाइसिस गरिरहेका बिरामीको संख्या १५३ छ ।
प्रदेश ५ मा हेमोडायलाइसिस सेवा लिइरहेकाहरुको संख्या ५४० छ । प्रदेश ५ मा डायलाइसिस गर्नका लागि सूचीकृत अस्पतालको ४ वटा रहेको छन् भने, ७२ वटा मेसिन उपलब्ध छन् ।
गण्डकी प्रदेशमा ३३० जनाले हेमोडायलाइसिस र ४५ जनाले पेरिटोनियल डायलाइसिस गरिरहेका छन् । प्रदेश १ मा ३६० र प्रदेश २ मा २१०, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ६ जनाले हेमोडायलाइसिस सेवा लिइरहेका छन् ।

प्रदेश ३ मा डायलाइसिस लिनेको संख्या अन्य प्रदेशको तुलनामा उच्च हो । प्रदेश ३ मा डायलाइसिस गर्नका लागि सूचीकृत अस्पतालको संख्या २६ वटा रहेको छ भने, ४१० वटा मेसिन छन् । प्रदेश ३ मा मात्रै करिब ३ हजार मिर्गौलाका रोगीले सेवा लिइरहेको राज्यमन्त्री यादवले बताए ।