आज पत्रपत्रिकामा प्रमुख समाचारको चर्चा

688

सकुशल स्वास्थ्य खवर ….. माघ–१२,काठमाडौं । राष्ट्रिय दैनिक पत्रिकाहरुले आज प्रकाशित समाचारमा चिकित्सा शिक्षा विधेयकको विषयलाई प्रमुख समाचारको चर्चा बनाएका छन् ।
गोरखापत्र दैनिकले ‘चिकित्सा शिक्षा विधेयक पारित’ र ‘राजदूतहरुको गठबन्धन अनावश्यकः प्रधानमन्त्री’ शीर्षकका मुख्य समाचारहरु छन् ।
नागरिक दैनिकले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहेको बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ,’ समाचारमा लेखिएको छ ।
नागरिक दैनिकले बाजुराको पाण्डुसेन गाउँपालिकाका धामीझाँक्रीले नै छाउगोठ भत्काउन थालेको समाचारलाई पनि महत्व दिएर पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले ‘साइबर रेप’को पासो शीर्षकमा ‘सामाजिक सन्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्नेसम्म समाचार छापेको छ ।