डा. केसीलाई सुशीला कार्कीको आशवासन

734

सकुशल स्वास्थ्य खवर ….

माघ १६ काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बताएकी छन् ।
डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’