आजको पत्रपत्रिकामा स्वास्थ्यको चर्चा

717

सकुशल स्वास्थ्य खवर ….. 
माघ , १७ , काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले चिकित्सा विश्वविद्यालय स्थापना वारे खवरलाई प्रमुखताका साथ छापेका छन ।
कान्तिपुरले चिकित्सा शिक्षा विधेयकबारे चर्चा गरेको छ । कान्तिपुर लेख्छ– चिकित्सा शिक्षा विधेयकमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने व्यवस्था राखिएको छ । उक्त व्यवस्थाप्रति २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको असन्तुष्टि छ । चिकित्सा शिक्षा आयोगलाई प्रभावित पार्न विश्वविद्यालय स्थापना गर्ने प्रावधान राखिएको निष्कर्ष केसी पक्षधरको छ ।