चिकित्सक माथीको धम्की रहस्यमय बन्दै …. प्रशासन किन मौन… ?

2445

सकुशल स्वास्थ्य खवर….. 
फागुन,६ चितवन । गत माघ २४ गते वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर  चितवनका बालरोग बिभाग प्रमुख डाक्टर कृष्ण सागर पौडेललाई कार्यकक्षमा नै धम्की दिइएको १२ दिन वितिसक्दा पनि दोषी माथी कारवाही भएको छैन ।

डा. पौडेललाई कार्यकक्षमा नै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को निरीक्षक बताउने दुई युवाले कोठामा एक्लै थुनी अस्पताल निर्देशकले भनेको कुरा न मानेको भन्दै कारबाही गर्ने धम्की दिएका थिए ।
धम्की दिने भरतपुर ४ कृष्णपुर बस्ने रोहित धिताल र अर्का व्यक्ति फरार छन । फरार अभियुक्तलाई हालसम्म पनि समात्न सकेको छैन ।

घटनाको चिकित्सक संघ चितवन शाखा, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासँघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, लगाएतका स्वास्थ्य संगठनहरुले घटनाको तथ्य, सत्य बाहिर ल्याउनु पर्ने र दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने विज्ञप्ति जारी गरेका छन ।

अभियुक्तहरुले अस्पताल कार्यकारी निर्देशक डा. विजय आचार्यको नाम जोडेकाले निर्देशकवाट युवाहरु परिचालित भएको चितवनवासीहरुले शंका गरेका छन् । तर निर्देशक आचार्यले आफूले कसैलाई पनि प्रयोग गरेर अस्पतालका चिकित्सकलाई धम्काउन नलगाएको स्पष्ट पारे ।

यता प्रहरीको अनुसार अभियुक्त धिताल सीआईबी नभई ‘सामर्थ्य नेपाल’ भन्ने संस्थामा आवद्ध भएको अनुसन्धानबाट खुलेको छ ।

डा. पौडेलले जनताको सेवा गर्दै गर्दा धम्की आउनु स्वास्थ्यमा काम गर्ने वाताबरण राम्रो नभएको गुनासो राख्दै र आफु असुरक्षित भएको प्रतिक्रिया दिनु भयो । दोषीमाथी चाडो कारवाही हुनु पर्ने वहाँको माग रहेको छ ।

१२ दिन वितिसक्दा पनि फरार अभियुक्त समात्न नसक्नु, दोषी माथी कारवाही नहुनु, घटनाको सत्य कुरा बाहिर नआउनु, प्रशासन मौन हुनुले यो घटना रहस्यमय बन्दै गएको छ ।

स्वास्थ्य क्षेत्र अक्तिसम्वेदनशिल क्षेत्र भएकोले चिकित्सकहरुलाई काम गर्ने वातावरण उपयुक्त बनाउनु, दोषी माथी कडा कारवाही गरेर हुन सक्ने घटना समयमा नै रोक्ने तर्फ सम्वन्धित सवै पक्षको लाग्नु पर्ने र कानुनी राज्यको प्रत्यभूती आम नागरिकले गर्न सकिने देखिन्छ ।