महिनावारी स्वच्छता दूत, देशभर अभियान सुरु गर्दै

1086

सकुशल स्वास्थ्य खवर….. 

फाल्गुण १४ काठमाडौं । महिनावारी हुँदा महिलाले भोग्नु पर्ने समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता एक वर्षका लागि दूत नियुक्त गरेको छ ।

कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाइ खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी छिन्।
महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेसनले यो अभियान सुरु गरेको हो। अभियानको सुरुवात गर्ने घोषणा गरेका छन्।