गाँजा सेवनले मानसिक तथा शारीरिक समस्या

946

सकुशल स्वास्थ्य खबर… 
आज शिवरात्रिका अवसर पारेर धेरैले गाँजा सेवन गरेको पाइन्छ । प्राय युवायुवतीहरुले गाँजाको सेवन गरेको पाइन्छ । जसबाट वर्षौंसम्म मानसिक तथा शारीरिक समस्या देखा परिरहेको हुन्छ ।

गाँजामा टेन्ट्रहाइडो क्यानवनोट रसायन पाइन्छ । गाँजा पिउँदा त्यसको असर रगतमा एक महिनासम्म रहन्छ र महिनौंसम्म शरीरमा असर गर्छ ।

                      गाँजा सेवन गर्दा असर
–स्मरण शक्ति कम हुने
–आत्महत्या प्रयास गर्ने
–मनमा अनौठो सोचाइ आउने
–शंका लाग्ने
–एक्लै बस्न रुचाउने
–एक्लै बोल्ने, एक्लै हाँस्ने
–पढाइमा कमी आउने
–आँखा रातो हुने
–मुटुको चाल बढी हुने
–खानेकुरा धेरै खाने
–मन आत्तिने जस्ता मानसिक तथा शारीरिक समस्या दिर्घकालिन रुपमा आउन सक्दछ ।