महिलाको शारीरिक सशक्तिकरणका लागि ‘वुमन स्क्वाट’

808

सकुशल स्वास्थ्य खवर…..
२० फागुन,काठमाडौं । अन्तर्रा्ष्ट्रिय नारी दिवस ८ मार्चको सन्दर्भ पारेर काठमाडौंमा महिलाको शारीरिक सशक्तिकरणका लागि ‘वुमन स्क्वाट’ को तयारी पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित ज्यास्मिन फिटनेश क्लबले चार वर्षअघि सुरु गरेको क्लबस्तरीय वुमन स्क्वाटले महिला शारीरिक रुपमा पनि पुरुषभन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको आयोजक निरोज लामाले बताए ।

मुलुकका क्लबमा आबद्ध महिलाहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । जसले पुरुषले जस्तै तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धीहरुबाट पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार राशीका पुरस्कार व्यवस्था गरिएको उनले बताए ।