तेस्रो लिंगीले नागरिकता सच्याउन चिकित्सकबाट प्रमाणीकरण (मेडिकल प्रुफ) गर्नुपर्ने

641

सकुशल स्वास्थ्य खवर….. 
फागुन २६, काठमाडौं । तेस्रो लिंगीले नागरिकतामा उल्लेखित नाम र लिंग परितर्तन गर्न चाहे चिकित्सकबाट प्रमाणीकरण (मेडिकल प्रुफ) गर्नुपर्ने भएको छ ।

तेस्रो लिंगीलाई ‘अन्य’ नै भनेर नागरिकता दिने र यसअघि नागरिकता लिइसकेकाले आफ्नो लिंग परिवर्तन भएको भनी लैंगिक पहिचान र नाम फेर्न चाहेमा चिकित्सकले प्रमाणीकरण गरेको कागजात पेश गर्नुपर्ने प्रावधान राख्ने संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति गरेको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति शशी श्रेष्ठले ‘नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले पछि लिंग परिवर्तन गरी परिवर्तित लैंगिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र लिन चिकित्सकबाट प्रमाणीकरण भएको प्रमाण पेश गर्नुपर्ने भन्ने सहमति भयो’, भनिन ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नागरिकतामा उल्लेखित विवरण सच्याउन सकिने व्यवस्था छ ।

‘नागरिकतामा उल्लेखित विवरण त्रुटी भए एक पटक मात्रै सच्याउन सकिने गरी सहमति भयो । यसैअनुसार भाषा मिलाउन कानुन र गृहमन्त्रालयलाई निर्देश गदर्छु’ समिति सभापति शशी श्रेष्ठले भनिन ।

मूल ऐनको दफा १७ मा नागरिकतामा ‘सानातिना त्रुटि’ भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने ‘कुमारी’, ‘देवी‘, बहादुर, ‘प्रसाद’ जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउने भन्ने उल्लेख छ ।