सिहंदरवार बैधखानामा दुईजना कार्यालय प्रमुख

1833

सकुशल स्वास्थ्य खवर…..
फागुन २६, काठमाडौं । सिहंदरवार बैधखानामा डा. हरिदेव प्रशाद यादव र डा.वंशदीप शर्मा खरेल दुवैजना कार्यालय प्रमुखको भई हाजिर गरी कामकाज गरिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको मिति २०७५/०३/२० को निर्णय अनुसार विकास समिति एवं २०१३ खारेज भएको थियो । खारेज गर्नु अगाडी डा.वंशदीप शर्मा खरेल प्रवन्धक निर्देशक रहेको थियो । करीव २ वर्षको कार्यकालको प्रवन्धक निर्देशक पद न रहेपछि डा. खरेल साविकको पदमा नै कायम गराउन सर्वोच्च अदालतको साहारा लिन गएको थियो ।
यता विकास समिति खारेज भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७५/०६/२१ गते द्वव्यगुण विशेषज्ञ भएको हुदाँ डा. हरिदेव प्रशाद यादवलाई निमित्त कार्यालय प्रमुख जिम्मेवारी दिएको र सोही अनुसार डा. यादवले काम गरिरहेको थियो ।
डा.खरेलको निवेदन न. ( रिट न. ०७५–WO–०३४६ ) मा सर्वोच्च अदालतले रिट जारी हुने गरी आदेश भएको र पूर्णपाठ तयार हुने क्रममा रहेको निर्णय अनुसार डा. खरेल कार्यालयमा मिति २०७५ फागुन १४ गतेवाट कार्यालय प्रमुखको रुपमा हाजिर भई कामकाज गरिरहेको छ ।
यसरी एउटा कार्यालयमा दुई जना प्रमुख भएपछि कार्यालयको काममा नराम्रोसँग प्रभावित भएको छ । कर्मचारीहरु पनि कुन प्रमुखको निर्देशन मान्ने हो ? कसलाई हाकिम मान्ने हो भनेर दुविधामा परेका छन् ।

दुई जना कार्यालय प्रमुख विच पनि आरोपमा उर्तिएका छन् । डा.यादवले विकास समिति खारेज भएकोले डा खरेल नियम विपरित अवैधानिक रुपले स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई जवरजस्ती ढंगले कार्यालयमा हाजिर भएको बताएका छन ।
मुलुकको एक मात्र सिहंदरवार बैधखाना संघियता कार्यान्वयन सँगै आयुर्वेदिक औषधी निर्माण र विक्री वितरण गर्ने पवित्र संस्थामा भएको विकृती र बेतिथीहरुलाई समयमा नै निराकरण गर्न सकेमा सिहंदरवार बैधखानाको समृद्धी हुने देखिन्छ ।