स्तनपानले महिलाको सौन्र्दय बढाउँछ

955

सकुशल स्वास्थ्य खवर….. 
चैत, २ । आधुनिक महिलाहरुले शरीरको सौन्र्दयतामा नराम्रो असर गर्ने भ्रमका कारण नवशिशुलाई स्तनपान नगराउने चलन वढीरहेको छ । कतिपय आमाले आफ्ना शिशुलाई वजारमा पाइने विभिन्न प्रकारका प्याकेटका पोका दुध खुवाउँछ । प्याकेटको दुधमा आमाको स्तनपानले दिनेजति पौष्टिकता हुदैंन । विशेष गरेर विकसित मुलुकहरुमा वढी हावी भएता हिजोआज अविकसित देशहरुमा दिन प्रति दिन वढीरहेको छ । धेरै जसो अशिक्षित महिला भन्दा शिक्षित महिलामा यो चलन वढी रहेको छ ।
स्तनपानले कस्मेटिक रुपमा महिलाको सौन्दर्यमा कुने असर नपार्ने विज्ञहरुको धारणा रहेको छ । प्रसुती र स्तनपानको अवस्थामै पनि केही ध्यान पु¥याएमा सोन्दर्यमा कुनै परिवर्तन नआउने उनीहरुको भनाई रहेको छ । स्तनपानले स्तनको आकारमा केह िपरिवर्तन आएता पनि हलका व्यामले स्तनको आकार पहि लाकै जस्तो हुने पनि विज्ञहरु वताउँछन, ।
स्तनपान गराईरहेकी महिला थुप्रै रोगवाट बचाउँछ । गर्भावस्थामा महिलामा बाक्लिएर बस्ने बोसोसमेत स्तनपानकै कारण क्रमश घटदै. जाने दावी उनीहरुको छ । मुटुरोग, स्ट्रोक र कार्डियो भास्कुलर रोगको खतराबाट बच्न समेत स्तनपानले गर्दछ । स्तनपानको फाइदालाई हेर्दा आमाको सोनदर्य, रोगवाट बचाउन साथै शिशुाको स्वास्थ्मा समेत राम्रो फाइदा छ ।