स्वास्थ्यका ‘सातौँ, आठौँ, नवौँ, दशौँ तहको समायोजन हुदैं

526

सकुशल स्वास्थ्य खवर…..
काठमाडौँ, ३ चैत । स्वास्थ्य समूहका सातौँ, आठौँ, नवौँ र दशौँँ तहका कर्मचारीको समायोजन छिट्टै टुंगिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले सातौँ आठौँ नवौँ र दशौँ औँ तहका कर्मचारीको समायोजन सोमबारसम्म जुनसुकै हालतमा भएपनि टुंग्याउने प्रतिवद्धता जनाएको बताए । उनले त्यसपछि चौथो पाँचौँ र छैटौँ तह तथा एघारौँ तहको समायोजन टुंगिने जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयका अधिकारीसंगको छलफलमा छिट्टै टुंग्याउने बताएको थियो ।
एघारौँ तहको यसअघि नै समायोजन गरिसकेको भएपनि स्वास्थ्यका कर्मचारीले पत्र पाएका थिएनन् ।