दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन शुरु

544

सकुशल स्वास्थ्य खवर….. 

चैत ४, काठमाडौँ । परिवार कल्याण महाशाखाको आयोजना र सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपालको सहयोगमा परिवार योजना सम्वन्धी दुई दिने राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सम्मेलन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उदघाटन गर्नु हुदैं परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्वन्धी लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा परिवार कल्याण महाशाखाका प्रमुख डा बिच्छाले ‘परिवार नियोजनका साधनको प्रयोगदरमा जुन रुपमा हुनुपर्ने थियो । त्यो अनुसार भएको छैन । किन भएन ? बाधक के के छन् ? पहुँचमा नभएकालाई कसरी पहुँच पुरयाउने ? भन्ने बारेमा सम्मेलन केन्द्रीत रहने बताए ।’
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपाल, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधीहरुले सम्मेलनलाई शुभकामना दिएका थिए ।

दरबारमार्ग्स्थित याक एण्ड यति होटलमा शुरु भएको सम्मेलनलाई अरु २० वटा संस्थाको साथ छ भने २४ वटा ओरल र २८ वटा पोष्टर प्रस्तुतिकरण रहेका छन् ।