दशैमा मासुको खादाँ सचेत रही स्वस्थ वनौं र हर्ष उल्लाससाथ दशै मनाऔं…लिलाराम थापा

708

सकुशल खवर …..असोज १८, काठमाडौँ । हिन्दुहरुको महान् चाड बडादशै सवै नेपालीहरुको घर आगनमा आगमन भई सकेको छ । दशैको आफनै महिमा रहेता पनि मासु खाने रुपमा लिने गरिन्छ । चाडपर्वहरुमा विषेश गरेर खानपिनमा धेरै ध्यान दिन आवश्यक देखिन्छ । चाडपर्वमा मासुको परिकार सेवन गर्दा समयमा सचेत रहन सके स्वास्थ्यमा लाभदायक हुन्छ ।

खाद्यप्रविधी तथा गुण नियन्त्रण विभाग,वाणिज्य विभागदेखि चिकित्सक तथा विभिन्न उपभोक्ता हक संरक्षण मञ्च लगाएत संघ,संस्थाहरुले आम उपभोक्तालाई स्वस्थ्य तथा सुरक्षित पशु,खाद्यबस्तु उपभोग गर्न आग्रह गरिरहेका छन् ।

शहर बजारमा पशुलाई जथाभावी बध गरी खुला बिक्री गर्ने हुनाले मानिसलाई रोग लाग्ने सम्भावना बढी हुन्छ । अव्यवस्थित बधशाला, दूषित पानी,फोहर हातहतियारले गर्दा गर्दा मासु दूषित तथा अस्वस्थ्यकर हुन्छ । जहिलेपनि उपभोक्ताले ताजा र स्वच्छ मासु किन्न चाहन्छन् । तर मासु बिक्रेताले फ्रिजमा राखेको बासी मासु बेच्ने गरेको पाईन्छ । जसका कारण मानिसलाई विभिन्न रोगसँग सामना गर्न बाध्य हुन्छ । त्यसकारण दशैको बेलामा उपभोक्ताले आवश्यक सावधानी अपनाई मासु कै कारण आफ्नो स्वास्थ्यलाई जोखिमबाट बचाउन सकिन्छ । व्यवस्थित बधशालाको स्वच्छ र सफा मासुको सेवन गरी सचेत नागरिकको परिचय दिनु नै सचेत उपभोक्ता हो । बासी, सडेगलेकोको र भिंmगा भन्केको माछामासु सेवन नगरी छालासहित मासुभन्दा छालारहित मासु सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

राजधानी लगाएत मुलुकको अन्य शहरहरुमा भित्रीएको खसी, कुखुरा, भेडा, राँगा, सुँगुरलगाएत पशुपंक्षीको बिक्री–वितरण धमाधम बढीरहेको छ । यसका साथै उपभोग्य खाद्यन्य बस्तुहरु पनि बजारमा बिक्रीमा वृद्धि भईरहेको छ । यसरी मानिसले उपभोग गर्ने शाखाहरी होस या मांसाहारी खाद्यवस्तुमा उपभोक्ता समयमा नै सचेत नभएको खण्डमा स्वास्थ्यमा ठुलो समस्या आउन सकिन्छ ।

दशैमा कामको चापमा परेर बिरामी पशु तथा अस्वच्छ एवं अशुद्ध खाद्य किनेर खाँदा रोगजन्य कीटाणुबाट संक्रमण भएर उपभोक्तले विभिन्न रोगहरु ( टाईफाइड, झाडापखाला, जंण्डिस, पेटमा समसया, फुड पोइजन ) आदि समस्या आउने भएकाले समयमै उपभोक्ता सचेत हुन आवश्यक देखिन्छ ।

नेपाल सरकारका सम्बन्धित निकायहरुले गरेको अनुगमनबाट पनि उपभोग्य खाद्यवस्तुहरुमा मिसावट, अस्वस्थ्यकर खाद्य रहको विभिन्न समाचार माध्यहरुवाट आइरहेको छ । यसवाट आम उपभोक्ताहरु दशै तथा चाडपर्वहरुमा किनमेलमा सचेत हुन सकेमा स्वास्थ्यमा गम्भिर समस्यावाट मुक्त हुने थियो ।

काठमाडौको टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका चिकित्सका अनुसार अस्वस्थ्यकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनाटिक रोगजस्तै बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्स लगाएतका रोग लाग्न सक्छ । अस्वस्थ्य राँगा, भैसीको मासु खानाले टेनिया सोडियम, मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

दशैमा प्राय मानिसले मासुको सेवन धेरै गर्दछ । त्यसैले के को मासु खाने निधो गरेपछि स्वस्थ्य वा बिरामी नभएको ( पशु काम्ने, आँखामा चिप्रा आउने, राम्ररी हिडडुल गर्ने नसक्ने पशु रागी मानिन्छ ) पशुपंछीका छनौट देखि लिएर पशु बधशाला स्वच्छ र सफा हुनु पर्दछ । धेरै भएको मासुलाई भण्डार गर्ने , पकाउने र खाने जस्ता धेरै कुरामा ध्यान दिनु पर्दछ ।

चाँडपर्वमा मासुका धेरै परिकार बनाएर धेरै मासु खाने चलन छ । यसरी मासु पकाउँदा वा परिकार बनाउँदा धेरै तेल वा ध्यू, पिरो तथा धेरै मसला प्रयोग गरेर स्वादिलो खाने गर्दा पेट सम्बन्धि (ग्यास्ट्रिक,अपच,पेट दुख्ने) स्वास्थ्यमा समस्या आउन सक्दछ । त्यसकारण मासु राम्ररी धेरैबेर पकाएर, कम मसला हालेर पनि स्वादिष्ट बनाउन सकिन्छ । मासुलाई धेरै पकाउँदा मासुमा भएको परजिवी मर्ने हुन्छ, जसले गर्दा मानिसलाई परजीवीबाट ( जुका ) बच्न सकिन्छ । थोरै समयमात्र पकाएको मासुका परिकार जस्तो सेकुवा, छोएला आदिमा रोग लाग्ने किटाणु जीवीतै हुने सम्भावना बढी भएकाले सेकुवा र छोएला स्वास्थ्यका दृष्टिले बढी खतरा देखिन्छ । अस्वस्थ्य मासुको प्रयोगले दीर्घकालीन रुपमा अल्सर,उच्च रक्तचाप,मुटुरोग,तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने,क्यान्सर जस्ता रोग देखा पर्दछ ।

चिकित्सका अनुसार उच्च तापमा प्रेसरकुकर राम्ररी पकाएको मासु खानयोग्य हुन्छ । अझ नेपाली बजार अत्यन्तै दूषित भएकाले यसलाई राम्ररी पकाउन अनिवार्य हुन्छ । यसै गरी धेरै भएका मासुलाई फ्रिजमा राख्नुको साटो सानो पारेर पातलो गरी काटेर झुन्डयाइएर राखेमा लामो समयसम्म सुरक्षित राख्न सकिन्छ ।

मासुमा पाइने प्राटिनले शरीरको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका लागि शुद्ध मासुबाट मात्र आवश्यकता पूर्र्ती हुन सक्दछ । यसका लागि नेपाल सरकारका सम्बन्धित सरोकार बालाले पशुबधशाला तथा बिक्रेताहरु माथी निग्रानी बढाई दशैको मात्र नभई अरु समयमा पनि नियमित अनुगमन गरी दोषी पाइएमा कडा कानुनी कठघरमा उभाई आम नागरिकको पक्षमा न्याय दिलाएमा स्वस्थ्य भएर बाच्नु पाउने अधिकार प्रत्यभुत हुने थियो । यसका साथै अस्वस्थ्य मासु नखान चेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यकता देखिन्छ ।

समयमा नै खानपानमा सचेत रही स्वस्थ जीवनशैली, स्वस्थ व्यवहार आफैले निमार्ण गरी सुखद जीवनको कामना गर्दै बिजय दशमीै, शुभ दिपावली, छठको सवैमा हार्दिक मँगलमय शुभकामना….सकुशल खवर परिवार

 

 

लिलाराम थापा
सम्पादक,सकुशल खवर