एमडी एमएस एमडीएसको प्रवेश परीक्षा स्थगित : परीक्षार्थी मन्त्रालय घेराउ गर्न

1266

सकुशल खवर ….

कात्तिक १, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स न्याम्स पदाधिकारीले बैठक बसी भोलि सञ्चालन गर्ने भनेको एमडी एमएस एमडीएसको प्रवेश परीक्षा स्थगित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति समेत रहेका उपेन्द्र यादवले पत्र पठाएका थिए ।
एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ । नेपाल मेडिकल काउन्सिलले यस बर्ष एमडी एमएसतर्फ ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ । डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ ।
परीक्षार्थी मन्त्रालय घेराउ गर्न
भोलि हुने भनिएको एमडीएमएस एडीएस प्रवेश परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षा दिन आएका आक्रोशित विद्यार्थीहरुले मन्त्रालय घेर्न पुगेका हुन् । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेटेका छन् भने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटने तयारी गरेका छन् ।