सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा

604

सकुशल खवर … 


मङ्सिर १, काठमाडौँ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मारेको हो ।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा विभागले कलेजमा छापा मारेको हो । मेडिकल कलेजहरु विद्यार्थीहरुसंग सरकारले तोकेभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्। विद्यार्थीहरुले बढी शुल्क लिने निजी कलेजविरुद्ध आन्दोलन गरिरहेका बेला विभागले छापा मारेको हो ।
शिक्षा मन्त्रालयले भने बढी शुल्क लिने कलेजहरुलाई ठगी मुद्धा चलाउन गृहमन्त्रालयलाई निर्देशन दिईसकेको छ ।