चिनबाट १७५ जनालाई खरिपाटी क्वारेन्टाइनमा लगियो

324

सकुशल खबर….

फागुन ४, काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर १७५ नेपालीलाई काठमाडौं ल्याइएको छ । १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनामा

ज्वरो देखिएका कारण नेपाल नल्याइएको हो। उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

विमानस्थलबाट खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगिएको थियो। गाडीलाई प्रहरीले विमानस्थलदेखि खरिपाटीसम्म स्कर्टिङ गरेर खरिपाटी र्पुयाएको थियो। उनीहरुलाई त्यहाँ १५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ।

ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।