क्वारेन्टाइन रहेका कसैलाई पनि कोरोना भाइरस नभएको

570

सकुशल खबर…. फागुन ७, काठमाडौं । चीनबाट नेपाल ल्याएका भत्तपुर स्थित खरिपाटी क्वारेन्टाइन रहेका नेपाली कसैलाई पनि कोरोना भाइरस नभएको नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् । मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ ।