कोरिया जाने कामदार रोकिए

1042

सकुशल खबर…. 
फागुन ११, काठमाडौं । कोरोनाका कारण सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

शाखाका निर्देशक कृष्ण खनालका अनुसार फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएकोले रोक लगाएको जानकारी दिए । ‘हप्तामा दुईरतीन फ्लाइटमा हाम्रा कामदारहरु जानुहुन्छ, तर गत हप्ता हामीले त्यहाँको अवस्था विश्लेषण गरेर उडान रोक्यौं,’ उनले भने,‘रोकिएकालाई १८ गते लैजान प्रस्ताव गरेका छौं, तर त्यो दिन पनि उडान होला जस्तो छैन ।’