प्रधानमन्त्री ओलीले कोरोना विशेष सम्बोधन : भिडियो सहित

495

सकुशल खवर.. 
चैत्र ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विशेष सम्बोधन गर्दै वारे आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

सर्वधारण त्रसित भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै जीवन शैली र व्यवहारमा परिवर्तन गर्न आग्रह गरेका छन् । ओलीले भने, ‘हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ ।’

कोरोना भाइरसले जनजीवनमा असहजता ल्याउन सक्ने बताउँदै ओलीले दैनिक आनीबानीमा असर पार्न सक्ने बताए । उनले सम्भावित संक्रमणलाई परास्त गर्न यस बाहेक अर्को कुनै विकल्प नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

विश्वमा देखिएको जटिल परिस्थितिका कारण अन्तर्रा्ष्ट्रिय हवाइ उडान ९ चैतदेखि १८ चैतसम्म बन्द गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने साथै संकटको समयमा मौकाको फाइदा उठाउँदै कृतिम अभाब र कालोबजारी गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिए ।साथै लामो दुरीका सवारी चैत १० गतेदेखि बन्द गर्ने निर्णय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न सरकारले उक्त निर्णय लिएको प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन्। बस कहिलेदेखि सञ्चालनमा आउने भन्ने कुरा निश्चित गरिएको छैन। प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले आवश्यक तयारी गरेको पनि जानकारी दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी ९ गतेदेखि सबै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द हुने जानकारी पनि दिए। कार्यालय ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए। यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन

Gepostet von Rato Pati am Freitag, 20. März 2020