मुख स्वास्थ्य: समग्र स्वास्थ्य ( रमेश प्रसाद अधिकारी, निर्देशक )

410

  

रमेश प्रसाद अधिकारी
निर्देशक
स्वास्थ्य निर्देशनालय
बागमती प्रदेश, हेटौंडा

 

सकुशल खवर/चैत्र ९,काठमाडौं  । मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण सूचक हो । मुख स्वास्थ्य भन्नाले दिर्घ रुपमा मुखको दुखाइ, मुख र घांटीको क्यान्सर, मुखको संक्रमण र खाटिराहरु, गिजा सम्बन्धी समस्या, दाँत किराले खाने, झर्ने र अन्य समस्याहरुबाट मुक्त अवस्था हो जसले खाना खान, चपाउन, हास्न, बोल्न र मानसिक रुपमा दुरुस्त हुन अवरोध गरिरहेको हुन्छ ।

                                    मुख सम्बन्धी प्रमुख समस्याहरु
-दाँत किराले खाने (Dental Caries)
-गिजाको समस्या (Periodental Diseases)                                                                                -दाँत झर्ने (Tooth Loss)
-मुखको क्यान्सर (Oral Cancer)                                                                                          -एच.आइ.भि.संक्रमणमा देखिने मुख स्वास्थ्य सम्बन्धी समस्याहरु

                                           वर्तमान अवस्था
:- मुख स्वास्थ्य सम्बन्धी रोग नसर्ने रोग मध्ये प्राय बढी देखिने समस्या हो । दुखाइ, असहजता, कुरुपता एवम् मृत्यु समेत गराउन सक्ने मुख स्वास्थ्य सम्बन्धी समस्याले जीवनभर असर गर्दछ ।
:- सन् २०१६ मा गरिएको “The Global Burden of Diseases”  अध्ययन अनुसार विश्वको आधा जनसंख्या ९३।५ अरब० दाँत किराले खाने समस्याले पिडित पाइएको थियो ।
:- गिजा सम्बन्धी रोग जसले दाँत झर्न सहयोग पुर्याउछ विश्वभरमा समस्याको रुपमा रहेको छ। यो ११ औ प्रमुख समस्याको रुपमा रहेको छ ।
:- मुख सम्बन्धी क्यान्सर एसियन मुलुकमा क्यान्सर मध्ये तेस्रो नम्बर रहेको छ ।
:- मुख स्वास्थ्यसेवा महँगो छ र विकाससिल राष्ट्रहरुले सरकारी सेवा मार्फत उपलब्ध गराउन श्रोत साधनको अपर्याप्तता छ :- चिनी युक्त खानाको बढी प्रयोग, सुर्तीजन्य पदार्थको सेवन, अत्यधिक मद्यपान जस्ता जोखिमपूर्ण व्यबहारले मुख           स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको छ ।
:- कमजोर मुख स्वास्थ्य सरसफाई र फ्लोराइडको कमीले मुख स्वास्थ्यमा नकारात्मक असर पारेको छ ।
                                        रोकथामका उपायहरु
* सन्तुलित खानाको प्रबर्धन ।
-चिनीको कम प्रयोग ।
-फलफूलरहरियो सागपातको उचित प्रयोग ९दैनिक ४०० ग्राम ५ पटक सेवन गर्ने०।
– हरेक दिन ४ प्रकारको खाना ।
* सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
* मद्यपान नगर्ने ।
* सुरक्षाका साधन प्रयोग गर्ने ( खेल खेल्दा, मोटरसाइकल प्रयोग गर्दा आदी) दुर्घटनारचोटपटक बच्न सतर्कता अपनाउने ।
* फ्लोराइड युक्त दाँत माझ्ने मन्जन प्रयोग गर्नेरदिनको कम्तिमा २ पटक खाना पछि दाँत राम्ररी माझ्ने ।
* नियमित मुख स्वास्थ्यको जांच गरी स्वास्थ्यकर्मीको सल्लाह व्यवहार अपनाउने ।

SAY AHH, ACT ON MOUTH HEALTH”                                                                     स्वास्थ्य रहन मुख स्वास्थ्य ध्यान दिऔं । हामी सबै एकजुट भइ मुख स्वास्थ्य प्रबर्धनमा लागौं । जीवनका लागि हासौं, स्वास्थ रहौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा घर, परिवार, छिमेकमा मुख स्वास्थ्य प्रवर्धनका संदेशहरु फैलाऔं । सबै सुखी र स्वास्थ्य रहन आ-आफ्नो स्थानबाट पहल गरौं । मार्च २० मा वर्षको एकपटक दिवसले झक्झाकाउछ तर हामीले दैनिक रुपमा मुख स्वास्थ्य प्रबर्धनका लागि प्रयत्नरत रहनु आवस्यक छ ।