नेपाल कोरोना संक्रमित ५२ पुग्यो, डिस्चार्ज संख्या १६ पुग्यो भने विश्वभर ४९ नेपालीको मृत्यु र दुई हजार संक्रमित

169

सकुशल खवर.. 
२०७७, बैशाख १४, काठमाडौं । वीरगन्ज २ जना र झापामा थप १ जनागरी मुलुकभर कोरोना संक्रमित संख्या ५२ पुगेको छ भने कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १६ पुग्यो ।
नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत ४ जनालाई एकैदिन डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।

विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।