मुलुकभर कोरोना पोजेटिभ संख्या ७५ पुग्यो : विश्वभर गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।

138

सकुशल खवर.. 

२०७७, बैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थप कोरोनाको संक्रमण हुनेमा पर्सामा १ र नेपालगञ्जमा थप ६ जना गरी १५ जम्मा पन्ध्र जना भएपछि मुलुकभर कोरोना पोजेटिभ संख्या ७५ पुग्यो .

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।
त्यसैगरी कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु र पाँच हजार संक्रमित पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जि्नियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।