मुलुकभर २९२ जना कोरोना संक्रमित, बाँकेमा १ जनाको मृत्यु, विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

179

सकुशल खवर.. २०७७, जेठ ४ , काठमाडौं । नेपालमा ११ जना नयाँ कोरोना संक्रमित थपिएपछि जम्मा संक्रमित २९२ जना पुगेको छ भने बाँकेको नरैनापुर क्वारेन्टाइनमा कोरोना पोजेटिभ १ जना युवकको मृत्यु भएको छ र , विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित भएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा राजपुर नगरपालिका फरहदवा ९ निवासी बर्ष १८,३२, ३६,३९,३९, ४२, ४८ का पुरुषहरु र रौटहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ बर्षका पुरुषहरु छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या २९१ भएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका युवकको हिजो राती देखि स्वास्थ्यमा समस्या आएको थियो । उनको आज विहान मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका युवकको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत विहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको कोडिभ –१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । डा सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित छन् ।

कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३–१३, अष्टे«लियामा १२, जापान र माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ ।