मुलुकभर कोरोना संक्रमण १00९९ जना पुग्यो , २२२४ जना निको भए

29

सकुशल खवर.. 


२०७७, असार, ९ काठमाडौं । मुलुकभर ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० हजार ९९ पुग्यो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको छ भने कोरोनाभाइरसबाट दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको जानकारी दिएका छन ।
गत २४ घण्टामा भेटिएका ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ स्थानमा गरिएको प्रयोगशालामा गत २४ घण्टामा ५ सय ३८ संक्रमित भेटिएका हुन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ। कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्लाहीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा कोरोना पाइएको छ।

यस्तै, किट रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा धनुषाका ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वतमा १ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका २० जना कोरोना भेटिएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दाङका १९, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३, दैलेखका ३ र हुम्लाका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यसैबीच अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।