मुलुकभर कोरोना संक्रमण १० हजार ७२८ जना पुग्यो , २३३८ जना निको भए

31

सकुशल खवर.. 
२०७७, असार, १० काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमण १० हजार ७२८ जना पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

नयाँ संक्रमितमा कैलाली १०३, झापा ११, सुनसरी १, मोरङ १, सप्तरी ६, धनुषा २०, महोत्तरी १२, सर्लाही १, वैतडी ४, बाजुरा ७, डोटी ४८, कैलाली ४८, कञ्चनपुर ८६, पर्वत २, रौतहट ४४, सर्लाही २०, धादिङ २, काठमाडौं १, चितवन १, तनहुँ १, स्याङ्जा ७, नवलपरासी पूर्व ५, पाल्पा १५, भक्तपुर १, अछाम २३, गोरखा ३, कास्की ४, बागलुङ ९, कास्की ५, लमजुङ ५, पर्वत १, गुल्मी ५, कपिलवस्तु १, रुपन्देही १, बाँके ९, बर्दिया १, दाङ ७६, प्यूठान १०, जाजरकोट १, सुर्खेत १४, दैलेख ४, कालिकोट १, बाजुरा १ रहेका छन । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्चार्ज भएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् ।
अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।