मुलुकभर कोरोना संक्रमण १० हजार ७२८ जना पुग्यो , २३३८ जना निको भए

18

सकुशल खवर.. 
२०७७, असार, ११ काठमाडौं । मुलुकभरमा नयाँ थप महिला ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संख्या ११ हजार १६२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएपछि हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । जसमा २९३ जना पुरुष र १९ जना महिला छन् ।
जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष, गौरीशंकर कलेज रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्टिच्यूट सलाईहीबाट ६९ पुरुष, कोभिड १९ यूनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट २ पुरुष,बाँकेका विभिन्न आइसोलेसनबाट ३ महिला र २८ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रादेशिक अस्पताल जनकपुरबाट ४ पुरुष, जनकपुर कोभिड अस्पताल सपही जनकपुरबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष, साईकृष्ण आइसोलसन सप्तरीबाट ३ महिला र १२ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला २९ पुरुष, दैलेखबाट १ पुरुष डिस्चार्ज भएका छन्।
पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक जना ५० बर्षीय पुरुष र स्याङ्जा शिरुवारीका ५५ बर्षीय पुरुष गरी दुईजनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।