मुलुकभर कोरोना संक्रमण ११ हजार ७५५ जना पुग्यो , २ हजार ६९८ जना निको भए

27

सकुशल खवर.. 
२०७७, असार, १२ काठमाडौं । मुलुकभरमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या संख्या ११ हजार ७ सय ५५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५र२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२र१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६र६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४र४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३र३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एकरएक जनामा संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।