७७ वटै जिल्लामा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुग्योे र निको हुनेको कूल संख्या २८ सय ३४ पुग्योे

72

सकुशल खवर.. 
२०७७, असार, १ काठमाडौं । रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै ७७ जिल्लाहरुमा कोरोना संक्रमित १२ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।
चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।
बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।

यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको हो ।