मुलुकभर कोरोना संक्रमण १२ हजार ७७२ जना पुग्यो , २३३८ जना निको भए र विश्वभर एक करोड संक्रमित

33

सकुशल खवर.. 
२०७७, असार, १४ काठमाडौं । मुलुकभर २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टिसँगै कूल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ भने २३३८ जना निको भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुने संख्या २३३८ पुगेको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका विश्वभर १ सय ५८ नेपालीको ज्यान गएको छ। विदेशमा १ सय ३० र नेपालमा २८ गरी विश्वभर १ सय ५८ नेपालीको कोरोनाका कारण ज्यान गएको हो।