मुलुकभर कोरोना संक्रमण १३ हजार २४८ जना पुग्यो , ३ हजार १३४ जना निको भए

36

सकुशल खवर.. 
२०७७, असार, १५ काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ११२ जना महिला र ३६४ जना पुरुष गरी ४७६ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसार पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १३ महिला र १०८ जना पुरुष छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १३४ पुगेको छ। जसमा २६६ जना महिला र २ हजार ८६६ जना पुरुष रहेका छन् ।

यसैगरी २४ घण्टामा देशभरका २२ वटा प्रयोगशालामा ७ हजार ७९१ को पीसीआर नमुना परीक्षण गरिएको छ । भने १ हजार ८२२ आरडिटी गरिएको प्रवक्ता गौतमले जानकारी दिए । देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार ८५ जना उपचाररत छन् ।

देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ जना रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।