मुलुकभरमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ जना पुग्यो , निको हुने ६ हजार १४३ पुग्यो

64

सकुशल खवर.. 
२०७७, असार, १९ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या १५ हजार २५९ जना पुगेको छ भने निको हुने ६ हजार १४३ जना पुगेको छ भने मृत्यु हुने संख्या ३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको जनाकारी दिएका छन ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।
संक्रमित हुनेहरुको जिल्लाहरुमा नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ४७, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, बाजुराका ६, कैलालीका ५८, बागलुङका १ जना छन् । त्यस्तै पर्वतका ३, तनहुँ ९, कास्कीका २ , उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।