मुलुकभरमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ जना पुग्यो , संख्या ६ हजार ४१५ पुग्यो

90

सकुशल खवर.. 
२०७७, असार, २० काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ , भने आज २७२ जना डिस्चार्ज भएसँगै कुल संख्या ६ हजार ४१५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार जिल्लागत तथ्यांकमा संक्रमित हुनेमा अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६, सिन्धुपाल्चोकका १२, मोरङका ६, सिरहाका २१, इलामका १, झापाका ५, सप्तरीका ३६, धनुषाका १५, चितवनका ६, नवलपरासी पूर्वका ७, बागलुङका ३ , म्याग्दीका ३, तनहुँका १, स्याङ्जाका १, पाल्पाका ३, प्युठानका २, बाँकेका ५, रोल्पाका २ र दैलेखमा १ जना रहेका छन् ।
यस्तै रुपन्देही र गोरखाका एक, एक पुरुषको कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।