मुलुकभरमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुग्यो (सम्पूर्ण विवरण )

53

सकुशल खवर.. 

२०७७, असार, २१ काठमाडौं । मुलुकभर २ सय ९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

कन्चनपुर ३२, रौतहट २७, काठमाडौं २७, धनुषा २७, कैलाली २७, बाजुरा २०, सल्यान १५, महोत्तरी १२, प्यूठान ११, सुर्खेत १०, डडेलधुरा ९, दैलेख ७, सर्लाही ७, बर्दिया ५, रुकुम पश्चिम ४, अर्घाखाँची ४, झापा २, पाँचथर १, ताप्लेजुङ २, मोरङ २, सिराह १, पर्सा १, बैतडी ३, रौतहट २ सल्यान १, मकवानपुर १, बाँके १, नुवाकोट २, भक्तपुर १, रामेछाप २, सिन्धुपाल्चोक २, इलाम १, ललितपुर २, म्याग्दी १, धादिङ १, बागलुङ १, तनहुँ २, कास्की २, लमजुङ १, गोरखा १, कपिलवस्तु २, नवलपरासी (पश्चिम) १, डोटी ३, रुपन्देही २, सुर्खेत २, स्याङ्जा १, अछाम १ , बैतडी १ गरी २ सय ९३ जना कोरोना संक्रमित नयाँ थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ५४७ पुगेको छ । प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ हजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।