मुलुकभरमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ जना पुग्यो, उपत्यकामा कोरोना संक्रमित बढे

104

सकुशल खवर.. 
२०७७, असार, २२ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चौबिस घण्टामा १८० जनामा संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्युठान र काभ्रेका ४ / ४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३ र ३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २ / २ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ११८जना उपचाररत छन् । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।