मुलुकभरमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ जना पुग्यो

108

सकुशल खवर.. 
२०७७, असार, २३ काठमाडौं । मुलुकमा गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बाजुरा ५४, काठमाडौं १४, अछाम ११, बैतडी ११, ललितपुर १०, महोत्तरी ९, धनुषा ८, अर्घाखाँची ८, डोटी ७, मोरङ ६, डडेलधुरा ६, रुकुम पश्चिम ५, नवलपरासी पश्चिम ५, सल्यान ५, सप्तरी ४, भक्तपुर ४, सुनसरी ३, गोरखा ३, मकवानपुर ३, सर्लाही ३, सुर्खेत ३, दाङ ३, तनहुँ २, पाल्पा २, बर्दिया २, झापा १, सिन्धुली १, धादिङ १, कास्की १, लमजुङ १, नुवाकोट १, पर्सा १, रामेछाप १, रुपन्देही १, बागलुङ १, कपिलवस्तु १, रुकुम पूर्व १ गरी २०४ जनामा कोरोना संक्रमित भएको हो ।
मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् ।
प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कूल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । देशभरका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।