मुलुकभरमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ जना पुग्यो, ६ जिल्लामा एक्टीभ संक्रमण सून्य

53

सकुशल खवर.. २०७७, श्रावण ८, काठमाडौं । मुलुकभरमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण देखिपछि कुल संक्रमित संख्या १८ हजार २४१ पुगेको छ । त्यसैगरी २४ घण्टामा देशभर १५६ जना डिस्चार्ज भएसँगै निको हुने संख्या १२ हजार ८४० पुगेको छ साथै तीन जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्लामा एक्टीभ संक्रमण सून्य देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण थपिएको र कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको बताएका छ । अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त बताए ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ । बिहीबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ । आज थप एक जनाको मुत्यु भएसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।