मुलुकभरमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ जना पुग्यो, ७०.५ प्रतिशत निको भए

41

सकुशल खवर.. 
२०७७, श्रावण ९, काठमाडौं । मुलुकभरमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिपछि कुल संक्रमित संख्या १८ हजार ३७४ जना पुगेको छ । त्यसैगरी २४ घण्टामा देशभर १०७ जना डिस्चार्ज भएसँगै निको हुने संख्या १२ हजार ९४७ जना पुगेको छ यो ७०.५ प्रतिशत निको भएको छ साथै ६ जिल्लामा एक्टीभ संक्रमण सून्य देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३३ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।
जिल्लागत विवराणमा काठमाडौं १०, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालीकोट २, दैलेख ८, कैलाली ८, धनकुटा १, सुनसरी ५, झापा २५, मोरङ १, सप्तरी ७, मोरङ १, बारा १, सर्लाही २, पर्सा ३०, धनुषा १, पर्सा १, चितवन २, उदयपुर १ जना संक्रमित भएका हो ।
पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा ३ हजार ९८७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। सोही अवधिमा १०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ । ७०.५ प्रतिशत निको भएको छ ।

गएको २४ घन्टामा ३ हजार ९८७ आरटी पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार क्वारेन्टाइनमा १९ हजार ४४४ जना र आइसोलेसनमा ५ हजार ३८३ जना रहेका छन् ।
प्रवक्ता गौतमले कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।